find and solve || findandsolve.com
Please wait.....

Sadhana Laghubitta Bittiya Sanstha Ltd.

Sadhana Laghubitta Bittiya Sanstha Ltd.

Gorkha, Gorkha
  • Nepal
  • Gorkha,
  • Gorkha, Gorkha

यस साधना लघुवित्त वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत मितिः २०७४ जेष्ठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मितिः २०७४ कार्तिक १३ गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरी मितिः २०७४ कार्तिक २२ गते बाट वित्तीय कारोबार सुरु गरेको लघुवित्त वित्तीय संस्था हो । गोरखा नगरपालिका, वडा नं. ६, हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड १० जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको संस्था हो ।

वित्तीय संस्थाले कार्यक्षेत्रको रुपमा नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्नका लागि स्वीकृत प्राप्त जिल्लाहरु गोरखा, लमजुङ, धादिङ, मकवानपुर, तनहुं, कास्की, बाग्लुङ, पर्वत, म्याग्दी र मनाङ रहेका छन् । मूलतः यी जिल्लाहरुको ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरिब तथा विपन्न परिवार जो मूलतः आर्थिकरुपले विपन्नवर्गमा दर्ज भएका छन्, र जो मौजुदा बैंक तथा वित्तीय संस्थाहरुको बैंकिङ्ग सेवाकोे पहु“चबाट टाढा छन्, ती समुदायका मानिसहरुलाई लघुवित्त सेवा दिने यसको मुख्य उद्देश्य रहेको छ ।

विपन्न समुदायका ग्रामीण क्षेत्रमा बसोवास गर्ने विशेषगरी महिलाहरुलाई विनाधितो सामुहिक जमानीमा ऋण उपलब्ध गराई उनीहरुलाई उत्पादनमूलक काम गर्न प्रोत्साहन गरी उनीहरुको पारिवारिक जीवनस्तरमा सुधार ल्याउने र उनीहरुलाई समाजमा स्थापित गराउने उद्देश्य संस्थाको रहेको छ । ती विपन्न परिवारका महिला तथा पुरुषहरुलाई वित्तीय रुपले साक्षर बनाउँदै ससानो उद्यम, कृषि उत्पादन, व्यापार, व्यवसाय संचालन गर्न, आयस्रोत, जनसंख्या, पेशा र ब्यवसायका आधारमा सानो रकम लगानी गरी उत्पादनमूलक काममा सरिक गराई उनीहरुलाई स्वरोजगार र आर्थिक रुपले सबल बनाई सीर्जनशील र स्वावलम्बी समाज निर्माणमा सघाउनु यस वित्तीय संस्थाको मुख्य उद्देश्य रहेको छ ।




source by: https://sadhanamfb.com

>